काठमाडौँ : लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् ।
लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो । परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।







