नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो

२०८१ चैत्र २७, बुधबार

काठमाडौँ : पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोली निकालेको छ । जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो ।

दुवै बालबालिका नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार