आईपीएल : पन्जाब हैदराबादसँग ८ विकेटले पराजित

२०८१ चैत्र ३१, आईतवार

काठमाडौं : आईपीएलअन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ।

पहिले ब्याटिङ गरेको पन्जाबले २४५ रन बनायो भने जवाफमा हैदराबादले १८.३ ओभरमा जितको लक्ष्य पूरा र्‍यो। हैदराबादका अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे। अभिषेक शर्माले ५५ बलमा १४१ रनको तुफानी इनिङ खेले। उनलाई अर्शदीप सिंहले आउट गरे। शर्माले आफ्नो इनिङमा १४ चौका र १० छक्का प्रहार गरे।

यसअघि श्रेयस अय्यरको अर्धशतक र मार्कस स्टोइनिसको ब्याटिङको आधारमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादअगाडि २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबको टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो।

हैदराबादका लागि हर्षल पटेलले चार विकेट लिए भने इशान मालिंगाले दुई विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार