अध्यक्ष लिङ्देनद्वारा स्व पत्रकार रजक परिवारसँग भेट

२०८१ चैत्र ३१, आईतवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा परी निधन भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् ।

उनले ताहाचलस्थित रजक निवास पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । अध्यक्ष लिङ्देनले रजकको न्यायका लागि आफूहरूले संसद् र सडकमा दुःखद घटनाको विषय उठाइरहेका र सत्यतथ्य छानबिनका लागि सरकारलाई निरन्तर दबाब दिइने बताए ।

त्यहाँ बागमती प्रदेशका सभामुख भुवन पाठकको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार