काठमाडौं : नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ।
केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका निधन भएको हो। उनी ७८ वर्षका थिए। उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी छ ।
जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।





