हुन्डी कारोबारको आरोपमा १९ वर्षीया देवकोटा पक्राउ

२०८१ चैत्र ३१, आईतवार

काठमाडौँ : हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना देवकोटा  पक्राउ परेकी छन्।

काठमाडौँको न्युरोडबाट पालुङटार नगरपालिका-१० बागडाँडाकी १९ वर्षीया देवकोटालाई प्रहरीले आज आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ।

उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइएको बोहराको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार