कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ बैशाख १, सोमबार

काठमाडौं : चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नयाँ वर्षको दिन सोमबारर बिहान ५ बजे भरतपुर महानगरपालिका–४ मा पर्ने सापकोटा चोकमा बा.प्र.०६–००१च ०३४९ नं को कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पर्साको सकुहवा प्रसौनी–२ बस्ने २५ वर्षीय लालबाबु पासवान घाइते भएका थिए । उनलाई उपचारका निम्ति भरतपुर सरकारी अस्पताल पठाएकोमा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

कार र कारचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार