काठमाडौँ : आइतबार दिल्ली क्यापिटल्सले आईपीएल सिजन १८ मा आफ्नो खेलमा पहिलो हार भोगेको छ।
मुम्बई इन्डियन्सले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्ली १९३ रन मात्र सीमित भयो। यो हारपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरेको छ। यो दिल्लीको अरुण जेटली स्टेडियममा आईपीएल २०२५ को पहिलो खेल थियो।
यसअघि खेलेका चारै खेलमा दिल्ली क्यापिटल्सले जित हासिल गरेको थियो, तर आइतबार घरेलु मैदानमै हारेको हो।





