यू १९ विश्वकप : ओमान नेपालसँग ८ विकेटले पराजित

२०८२ बैशाख १, सोमबार

काठमाडौं : यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर भेट्टायो । पहिलो विकेटका लागि निरज यादव र साहिल पटेलले ८५ रनको साझेदारी गरेपछि नेपाललाई लक्ष्यसम्म पुग्न कुनै कठिनाइ भएन । निरजले २९ बलमा ४५ रन बनाए भने साहिलले २५ बलमा ३१ रन जोडे । कप्तान नरेन भट्ट १२ रन र सन्तोष यादव १० रनमा अविजित रहे ।

टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो । नेपालका बलर युवराज खत्री एक्लैले ५ विकेट लिएपछि ओमानको ब्याटिङ धराशयी बन्यो । ओमानका लागि जित ब्रजेस साहले एक्लै संघर्ष गर्दै ५२ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार