प्रचण्डको प्रस्ताव देउवाद्वारा ठाडै अस्वीकार

२०८२ बैशाख १, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि भेट्ने प्रस्ताव गरेका थिए । तर, सभापति देउवाले ठाडै अस्वीकार गरिदिएका छन् । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड वर्तमान ओली नेतृत्वको सरकार परिवर्तनका लागि दौडधुप गरिरहेका छन् । उनले कांग्रेस नेताहरूसँग नयाँ समीकरणका लागि छलफल पनि चलाइरहेका छन् ।

तर, सभापति देउवाले भने प्रचण्डको प्रस्तावलाई मतलब दिएका छैनन् । सभापति देउवाले प्रचण्डसँग भेट्न समेत मानेनन् । देउवा निकट एक नेताका अनुसार प्रचण्डले छलफलका लागि सन्देश पठाएका थिए । सभापति देउवाले भने वर्तमान सरकारलाई नै सफल बनाउने भन्दै भेट्न नमानेका हुन् ।

सभापति देउवाले प्रचण्डसँग भेटेमा गठबन्धनमा शङ्का पैदा हुने भन्दै भेट्न नचाहेका कांग्रेसका एक नेताले हाम्रोदेशलाई बताए । ‘हामी स्थायित्वको पक्षमा छौँ । एमालेसँग सहकार्य गरेर सरकार बनाएका छौँ,’ सभापति देउवाले भनेका थिए ‘अहिले नै यो विषयमा छलफल गर्दिनँ, पहिले तपाईँसँग थिएँ, ओलीसँग भेटिनँ । अहिले ओलीसँग छु, तपाईँसँग भेट्दिनँ ।’

माओवादी अध्यक्ष प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
0
+1
0
+1
4
+1
1
+1
0

ताजा समाचार