संसद्‍को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक संसद्‍बाट पास गरौँ : शाही

२०८२ बैशाख २, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सडकमा आन्दोलनरत शिक्षकहरूको माग छिटो पूरा गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्। शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले भएको बताउँदै संसद्‍को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक संसद्‍बाट पास गर्न सरकारसमक्ष अनुरोध गरे।

उनले लेखेका छन्, ‘सडकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो अहिले संसद् बन्द छ त्यसैले सरकारलाई अनुरोध गर्दछौँ संसद्‍को विशेष अधिवेशन बोलाउ र शिक्षा विधेयक संसद्‍बाट पास गरौँ।’

यस्तै प्रमुख सचेतक शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘सरकारमा बसेर उखान टुक्का न हानौँ lशिक्षकहरूको माग पूरा गरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार