आफ्नै दाजुद्वारा ११ बर्षीय बहिनीको हत्या

२०८२ बैशाख २, मंगलवार

काठमाडौँ : ललितपुरमा ११ वर्षीया बालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको छ।

गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित एक घरको पानी ट्यांकीमा बझाङकी ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले मृतककै १५ वर्षीय कान्छो दाइ पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सीले जानकारी दिए।

उनलाई प्रहरीले मंगलबजार एरियाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। बझाङको सुर्मा गाउँपालिका वडा नं. ०४ घर भई हाल ललितपुरको १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी ११ वर्षीयकी दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको थिइन् । आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

ललितपुरको खपिन्छेस्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको प्रयोग बिहिन सिमेन्टले बनाएको पानी ट्या‌ङ्कमा दुर्गा बोहराको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार