दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु भएको छ ।

काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । प्रसाईंले चैत १५ गते भएको आन्दोलन भड्काउन आफैले गाडी हुइँक्याएर प्रहरीमाथि नै चलाउन खोजेका थिए ।

प्रसाईँविरुद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले सामूहिक निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार