गुडिरहेको कारमा अकस्मात आगलागी

२०८२ बैशाख ४, बिहीबार

काठमाडौं :  मकवानपुरमा गुडिरहेको कारमा आगलागी भएको छ।

गत राति मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटास्थित कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको कारमा अकास्मात आगो लागेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय कार हो।

आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। कारमा भने क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार