काठमाडौं : नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।
उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन् । बाँकी तीन जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।






