रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक

२०८२ बैशाख ४, बिहीबार

काठमाडौं : मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ ।

पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुर्याइने  छ । कम्पनिका अनूसार यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ ।

यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।

न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् ।

दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ । इनफिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ । नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास कम्पनिले लिएको छ ।

क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भनेका छन्, ‘नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको छ । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ ।’

कुन भेरियन्टमा के छ ?

हेरिटिज सिरिजः हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ ।

हेरिटेज प्रिमियमः यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।

सिग्नल सिरिजः कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ ।

डार्क सिरिजः खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । क्लासिक क्रोम  निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ ।

रोयल इन्फिल्डले सन्२०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो ।

मूल्य सुची

हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) रु ५,५५०००,

हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज ) रु ५,६६०००

सिग्नल्स (कमाण्डो सेण्ड) रु५,६६०००

डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) रु५,७३०००

क्रोम (इमराल्ड) रु ५,७९,९००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार