रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज, को कहाँ ?

२०८२ बैशाख ४, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीहरुलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् । मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् ।

गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
0

ताजा समाचार