सहायक रथी खड्का सैनिक हिरासतमा

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई अनुसन्धानका लागि सैनिक हिरासतमा राखिएको छ।

कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा राखिएको हो। ‘कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ,’ सैनिक उच्च स्रोतले भन्यो। सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दाबी छ। कोषको सात करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिरहेको छ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार