गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । डीएसपी अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो ।

शुद्धोधनको अध्यक्ष भए पनि अध्यक्ष चौधरी मायादेवीस्थित घरमा बस्दै आएका थिए । डीएसपी अधिकारीका अनुसार शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको हो । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ ।

अध्यक्ष चौधरीलाई सकुशल छन् । उनलाई गोली नलागेको डीएसपी अधिकारीले बताए । ‘अध्यक्षज्यूले बताए अनुसार शौचालय गएर फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको रैछ, उहाँ भने सकुशल हुनुहुन्छ’, उनले भने, ‘घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार