
काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।