पुरानो राजनीतिक संस्कारको विरुद्धमा २०८४ को निर्वाचनमा नयाँ साथीहरु गठबन्धन गरेर एक ठाउँमा आउनुपर्छः सुमना श्रेष्ठ

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठले आगामी २०८४ को निर्वाचनमा पुरानो राजनीतिक संस्कारको विरुद्धमा नयाँ भनिएका सबै शक्तिहरुले गठबन्धन बनाउनुपर्ने बताएकी छन् । अब बालेन शाहको अभियानमा जोडिएर २०८४ को निर्वाचन लड्न लागेको हो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले आफू चुनावमा उठ्ने नउठ्ने र कहाँबाट उठ्ने भन्ने अहिले सोचिनसकेको, तर पुरानो राजनीतिक संस्कारविरुद्ध भने सबै शक्ति एक ठाउँमा आउनुपर्ने उनले बताईन् ।

‘हेर्नुस् ०८४ मा म चुनावमा उठ्छु कि उठ्दिनँ, कहाँबाट उठ्छु ? यो कुरा मैले सोचेको छैन । म के कुरामा एकदम कन्भिन्स छु भन्दाखेरी जतिपनि मान्छेहरुले देश विकास गर्छु र पुरानो राजनीतिक संस्कारले भएन भनेका छन्, सबै जना साथीहरु एकैठाउँमा आउनै पर्छ । फोरम बनाउनुपर्छ, गठबन्धन बनाउनुपर्छ । बेथितिको विरुद्ध लड्नुपर्छ नै । यसमा दुईमत छैन,’– उनले भनिन् ।

अहिलेको राजनीतिक संस्कारसँग चित्त नबुझेका सबैसँग संवाद गरेर अगाडि बढ्नुपर्ने उनले बताईन् । उनले एक व्यक्ति एक पदलाई कार्यान्वयन गर्न र आफूले पाएको जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्न सहमहामन्त्रीबाट राजीनामा दिएको पनि उनले बताईन् ।

आफूले पदबाट राजीनामा गत चैत १९ गते नै बुझाएको पनि उनले बताईन् । पार्टी सभापति रवि लामिछाने फेरि पक्राउ परिसकेपछि कार्यवाहक सभापति डिपी अर्याललाई राजीनामा सम्बन्धि समाचार होल्ड गरौं भनेको सुनाईन् । तर, आफ्नै पार्टीभित्रबाट उक्त राजीनामाको पत्र बाहिरिएको भन्दै उनले आपत्ति जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार