काठमाडौं : दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा आज दिउँसो भारतीय गाडी दुर्घटना भएको छ ।
भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरू सबै भारतीय हुन् चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए ।
घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।





