बुद्धनगरमा युवतीमाथि गोली प्रहार

२०८२ बैशाख ६, शनिबार

काठमाडौं : बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बिहान करिब साढे ९ बजे बुटवल उपमहानगर ११ बुद्धनगरमा २९ वर्षीय टिका बिष्टमाथि गोली प्रहार भएको हो । कम्मरमाथि लागेको गोलीबाट विष्टको अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको बताए ।

पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बसेकी थिइन् । गोली किन र कसले हानेको भन्नेबारे खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार