गठबन्धनमा केही भएको छैन, सत्ता फेरिने हल्ला मात्रै हो : देउवा

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् ।

थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् । उनले भने, ‘एमाले कांग्रेस गठबन्धमा कुनै विवाद छैन । सत्ता समीकरण फेरबदल हुने भन्ने सबै हल्ला मात्रै हुन्, त्यस्तो केही छैन ।’ सत्ता समिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको देउवाको भनाइ छ ।

सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार