राजसंस्था फर्काउने अन्तिम इच्छा पूरा गरेरै छाड्छु : नवराज सुवेदी

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अभियान सफल बनाएरै छाड्ने दाबी गरेका छन् ।

तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा सुवेदीलाई एक सञ्चारकर्मीले ‘राजसंस्था फर्काउने आन्दोलन अघि बढाउनुभएको छ । एक दिनको आन्दोलनले तीन दिन थला पर्नुभयो । कसरी हाँक्नुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

‘हेर्दै जानुस् न कसरी हाँकुला । तपाईंले यो बुढो मान्छे भनेर भन्नुभएको होला । धेरै बुढाले बुढेसकालमा ठूला ठूला काम गरेका छन् । यो मेरो अन्तिम इच्छा हो,’ उनले जवाफमा भनेका छन्, ‘राजसंस्थाको पुनस्थापना, हिन्दू राष्ट्र नेपाल र यहाँको बहुदलीय प्रजातन्त्र, भ्रष्टाचारमुक्त समाज । त्यो पूरा होस् भनेर लागेको छु । म अब सक्षम छु । म यो सफल पारेर छाड्छु ।’

साथै, सुवेदीले आफूहरूले गर्ने सबै आन्दोलन शान्तिपूर्ण हुने जिकिर गरे । ‘शान्तिपूर्ण आन्दोलन हुन्छ । हामी मारकाट, झैझमेलातिर लाग्दैनौं,’ सुवेदीले भनेका छन्, ‘अगर हामीमाथि कसैले हात हाल्यो भने प्रतिकार गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार