जनताको माग सम्बोधन गर्नुपर्नेमा महासचिव गुरुङको जोड

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताको माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुरुङले अहिले मुलुकमा थुप्रैखाले समस्या देखिँदा जनतामा निराशा छाएको बताए । सहकारी, मिटरब्याजी पीडित, शिक्षक, कर्मचारी, चिकित्सक स्वास्थ्यकर्मीहरुका समस्या एकैपटक बाहिर आउनुमा सरकारको कार्यशैली जिम्मेवार भएको उनले आरोप लगाए ।

मुलुकको विकासका निम्ति स्थिरता र राजनीतिक स्थायित्व आवश्यक रहेको महासचिव गुरुङको भनाइ छ । उनले भने, “समस्याका विषयमा प्रतिपक्षीको हिसाबले माओवादी केन्द्रले सदन र सडक दुवैबाट खबरदारी गर्दै आएको छ । अझै सरकारले मुलुकमा देखिएका सबै मुद्दाका बारेमा बेलैमा पुनर्विचार गर्नुपर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार