कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

२०८२ बैशाख १३, शनिबार

काठमाडौं :  स्तरोन्नतिका लागि कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना प्रकाशित गरी राजमार्ग वैशाख १८ देखि २ जेठसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने जानकारी दिएको हो । सडक बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने छ । राजमार्गअन्तर्गत बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउने काम भइरहेकाले उक्त समयमा सवारी आवागमनमा पूर्णरुपमा रोक लगाइएको मकवानपुर प्रशासनको भनाइ छ ।

प्रशासनले उक्त अवधिमा काठमाडौं–हेटौंडा सडकमा यात्रा गर्नेले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार