शिक्षक र सरकारबीच आज बिहान निर्णायक वार्ता हुँदै

२०८२ बैशाख १३, शनिबार

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान निर्णायक वार्ता हुँदैछ । वार्ता ७ः३० बजेदेखि सुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो । तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए ।

शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने हिजो कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ । हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको शिक्षक नेताहरुले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार