
काठमाडौं : आइतबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९१ हजार रूपैयाँ कायम भएको थियो।
मंगलबार फेरि छापावाल सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको थियो। बिहिबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको थियो।
फेरि, शुक्रबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २०० रुपैयाँले घटेको छ ।