
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय छानबिन समितिको निष्कर्ष र सिफारिस विपरीत चार जिल्लामा फरक–फरक मुद्दा र कानन टेकेर मुद्दा लगाइएको दाबी गरे।
उनले भने, ‘चितवनका मतदाताले अगाध विश्वासका साथ दिएको जिम्मेवारी निर्वाह गर्न नपाओस् भन्ने लागेरै होला, सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो । लोकतान्त्रिक राज्यले थुना बाहिरै रहेर मुद्दा लड्न पाउनेमा प्रोत्साहित गर्नुपर्ने हो । तर सरकार उहाँलाई जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो ।’
उनले पार्टी सभापतिलाई चैत २२ गते प्रहरीले गरेको पक्राउ कानन विपरीत रहेको समेत दाबी गरेका छन् । २२ गते पक्राउ गरेर २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले सभापति लामिछानेको दुई दिन, तीन रातको हिरासत स्वतः अवैध भएको बताए ।