२० करोड बराबरको यार्सागुम्बा निर्यात

२०८२ बैशाख १३, शनिबार

काठमाडौँ : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ । कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।

फागुनसम्ममा २० करोड ७ लाख ५३  हजार रुपैयाँको  ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१  लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार