डङ्गोलको निधनमा भोलि शोक बिदा

२०८२ बैशाख १३, शनिबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ।

काठमाडौं नगर पञ्‍चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधन भएकोमा महानगरले शोक बिदा दिएको हो। महानगरका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन्। अत्यावश्यक सेवाबाहेक महानगर र मातहत कार्यालयमा बिदा रहनेछ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति निधन भएको थियो। सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

 

 

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
1
+1
1
+1
0

ताजा समाचार