ललितपुरले जित्यो एनएसएल तेस्रो संस्करणको उपाधि

२०८२ बैशाख १३, शनिबार

काठमाडौं : तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर एफसीले जितेको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरालाई २-१ गोलले हराएको हो । फाइनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति थियो । च्याम्पियन बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार