पौडी खेल्ने क्रममा तमोर नदीमा बगेर एक जना बेपत्ता

२०८२ बैशाख १३, शनिबार

काठमाडौं : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार