कांग्रेस सांसद राईलाई आज अदालत उपस्थित गराइने

२०८२ बैशाख १४, आईतवार

काठमाडौं : शनिबार साँझ पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली राखिएको छ ।

कपनस्थित आफ्नै घरबाट पक्राउ परेकी सांसद राईलाई उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले परिसरको जिम्मा लगाएको हो । परिसरका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, राईलाई आज अदालत उपस्थित गराइनेछ ।

काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचनको मुद्दामा उनलाई प्रहरीले चौतर्फी दबाबपछिमात्रै शनिबार साँझ पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार