शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहलाई महासंघको आग्रह

२०८२ बैशाख १४, आईतवार

काठमाडौँ : विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको दाबी गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न/नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ।

२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार