काठमाडौं : शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि जारी आन्दोलन आज पनि जारी रहने भएको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सधैँझैँ सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा आन्दोलन हुने बताए । उनले अझै काठमाडौं नआएका शिक्षकलाई काठमाडौँ आउन पनि आग्रह गरे । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलित शिक्षकहरुले माग पूरा नभएसम्म घर नफर्किने अडान लिँदै आएका छन् ।
प्रदर्शनका क्रममा आइतबार झडप समेत भएको थियो ।








