सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा

२०८२ बैशाख १६, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन्। उनले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गरे। उनले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको बताए।

खतिवडाले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार