एनएमबि बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने

२०८२ बैशाख १६, मंगलवार

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।

बैंकले ‘एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र वैशाख ११ गते सेबोनमा दर्ता गरेको हो। बोर्डबाट अनुमति पाएसँगै बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता गरी कुल ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो ऋणपत्रको अवधि ७ वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७ प्रतिशत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार