६ एआईजीको पदस्थापन, सीआईबीमा खापुङ

२०८२ बैशाख १६, मंगलवार

काठमाडौँ : नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ ।

सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको छ । लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

डा.मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार