काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रूपैयाँ कायम भएको छ ।





