काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी चाँडै छुट्ने प्रतिक्रिया दिएकी छन्। बुधबार नाउपा र जनमत पार्टीबीच हुन लागेको एकता घोषणा सभाबाट पक्राउ परेपछि रञ्जिताले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै रेशम छुट्टै छुट्ने बताएकी हुन्।
‘रेशमजी छिट्टै छुट्नु हुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु। जय नागरीक,’ उनले लेखेकी छन्।
सर्वोच्च अदालतको आदेशअनुसार चौधरी सोमबार काठमाडौंको प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका थिए। सीके राउत नेतृत्वको जनमत पार्टीसँगै एकता घोषणा कार्यक्रम चलिरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।





