कांग्रेस नेता गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

२०८२ बैशाख १७, बुधबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार