काठमाडौं : नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्र केपी ओली र विद्या भण्डारीको नाममा द्वन्द्व नहुने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बस्नेतले एमालेको भावी अध्यक्ष पनि ओली आफैं वा उनले चाहेको व्यक्ति हुने बताए । ओली नेपालको समकालीन राजनीतिमा हाइट र लाइट दुवै भएको व्यक्ति रहेको बताउँदै नेता बस्नेतले आफू उनको फ्यान रहेको बताए ।
‘एमालेभित्र केपी ओली र विद्या भण्डारीको नाममा द्वन्द्व हुँदैन । म त केपी ओली अथवा केपी ओलीले चाहेको मान्छे भन्ने लाइनमा हो । म चाहीँ केपी ओलीको राष्ट्रियता, समृद्धि, विकास, कार्यकर्ता संरक्षण, जनतालाई माया गर्ने, अभिभावकीय भूमिका खेल्ने क्षमता समकालीन राजनीतिमा त्यो खालको हाइट र लाइट भएको नेता भएकाले म चाहीँ केपी ओलीको फ्यान हो,’– उनले भने ।





