कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुन्छ : परीक्षा बोर्ड

२०८२ बैशाख १८, बिहीबार

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ ।

यसअघि वैशाख ११ देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो । बोर्डले महासंघको आन्दोलन स्थगन भइसकेकाले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति (०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म) र निर्धारित परीक्षा केन्द्रमा सञ्चालन हुने जानकारी गराएको हो ।

अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न आग्रह पनि गरेको छ ।

hseb-1746099178.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार