नीति तथा कार्यक्रम टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो : ज्ञानेन्द्र शाही

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नीति तथा कार्यक्रमलाई ‘टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो’ भएको टिप्पणी गरेको छ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम, पुरानो ढर्राको  च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिनेछ, भनिनेछ, सुनिनेछ। भन्ने सुगारटाइ जस्तो।’

उनले नीति तथा कार्यक्रममा युवाको रोजगारीको कुनै विषय नआएको पनि बताएका छन्। ‘न त युवाको रोजगारीको लागि, न त देशका लागि,’ उनले भनेका छन्। उनले नीति तथा कार्यक्रम सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आएको भन्दै आरोपित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार