काठमाडौं : अर्जेन्टिनामा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाली समयअनुसार साँझ साढे ६ बजे आसपास उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेजमा भूकम्प गएको हो। भूकम्प गएको केही मिनेटपछि नै सुनामीको चेतावनी जारी गरिएको थियो। यसमा मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान सल्लाह दिइएको छ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले जारी गरेको सन्देशमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर भित्रका तटहरूमा खतरनाक छालहरू आउने सम्भावना रहेको उल्लेख गरिएको छ।





