प्रोसेस पाण्डे बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रोसेस पाण्डेले जितेका छन्।

शुक्रबार राती भएको ग्राण्ड फिनालेमा खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी धादिङका पाण्डे विजेता घोषित भएका हुन्। उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जिते। कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए।

यस्तै कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार