सुनको मूल्यमा गिरावट

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेर १ लाख ८८ हजार ३ सय रूपैयाँ कायम भएको थियो।

मंगलबार फेरि छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेर १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएकोमा बिहीबार छापावाल सुनको मूल्य फेरि ४ हजार ६ सय रूपैयाँले घटेर १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएको थियो।

शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहि १ लाख ८३ हजार ५ सय रूपैयाँमानै कारोबार भएको छ। यो साता सुनको मूल्य समग्रमा ६२०० रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार