बोरिङको खाल्डोमा डुब्यो बलेरो

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित एक कच्ची भित्री सडकखण्डमा बलेरो गाडी पानीको खाल्डोमा डुबेको छ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याब बलेरो गाडी खाल्डोमा डुबेको हो। गाडी खाली अवस्थामा रहेको र चालक हरि राई सकुशल रहेको मकवानपुर प्रहरीले जनाएको छ। स्थानीय हरि राईले बोरिङको लागि खनेको पानी भरिएको खाल्डो नजिकबाट गुडिरहेको गाडी अचानक चिप्लिएर पानीमा डुबेको थियो। प्रहरीका अनुसार दुर्घटनापछि गाडी निकाल्न दुई वटा मोटर पम्पमार्फत पानी निकाल्ने प्रयास भइरहे पनि अहिलेसम्म गाडी देखिएको छैन।

पानीको सतह केही घटेको भए पनि खाल्डोको दायाँबायाँबाट माटो झरिरहेकाले खाल्डोको आकार झनै ठूलो बन्दै गएको छ। हाल गाडी खोज्ने कार्य जारी रहेको र आवश्यक थप उपायहरूको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार